• २२ असार २०८१, शनिबार

‘मायावी’ मा अभिनेता प्रशान्त

blog

काठमाडौं, असोज ४ गते । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित हुनुभएको छ । चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसार्ईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला र अभिनेतृ करिश्मा श्रेष्ठ अनुबन्धित भइसक्नुभयो । 

चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रूपमा चलचित्र क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ । निर्देशक भट्टराई स्वयंको कथा रहने चलचित्र क्रिएटिभट सिने आर्टस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा एसडी योगीको सङ्गीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहने छ ।