• २१ वैशाख २०८१, शुक्रबार

‘लिटिल बुद्ध’ साकारको एकल प्रस्तुति

blog

पोखरा, असोज ४ गते । लिटिल बुद्धका रूपमा परिचित र्‍यापर साकारले पोखरामा एकल प्रस्तुति गर्नुभएको छ । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाउनुभएको थियो ।

पोखराको लेकसाइडमा आयोजित कन्सर्टमा साकारले हाउसफुल दर्शकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो । उहाँको कन्सर्टमा करिब सात सय दर्शक उपस्थित थिए । उहाँले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’ का गीत सुनाएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

साकारले कन्सर्टमा दिवंगत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाउनुभएको थियो । गीत गाइरहँदा उहाँले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिनुभएको थियो । मानिस मानसिक रूपमा अस्वस्थ रहँदा के कस्तो असर पर्छ भन्ने कुरा सुनाउनुभएको थियो ।