• ११ मंसिर २०८१, मङ्गलबार

कलाकार श्रेष्ठको आँखाको शल्यक्रिया

blog

काठमाडौँ, भदौ २७ गते । हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानमा उहाँको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक डा. रीता गुरुङका अनुसार श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । डा. गुरुङले तीन महिनाअघि श्रेष्ठको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । 

श्रेष्ठको शल्यक्रिया गर्दा आँखामा प्रतिष्ठानमै उत्पादित ‘इन्ट्राकुलर लेन्स’ (मोतीबिन्दुको शल्यक्रियापश्चात् राखिने लेन्स) राखिएको उहाँले बताउनुभयो । डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. गोविन्द पौड्यालसहितको समूहले कलाकार श्रेष्ठको शल्यक्रिया गरेको जनाइएको छ ।