• ११ मंसिर २०८१, मङ्गलबार

ओशाकामा नेपथ्यको अन्तिम प्रस्तुति

blog

काठमाडौँ, भदौ ३ गते । ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोकरक ब्यान्ड नेपथ्यले यो वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। 

ओशाकाको ‘नाम्बा ह्याच सभा गृह’ मा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेकोे आयोजकले जनाएको छ। गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो। कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई नेपाल पुगेका बेला डाँडाकाँडाको यात्रा गर्न प्रेरित गर्नुका साथै नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गर्नुभएको थियो। 

उहाँले नेपाली समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गर्नुभयो। दुई घण्टासम्म निरन्तर चलेको प्रस्तुतिमा दुई वटा म्युजिक भिडियो र १६ वटा गीत प्रस्तुत गरिएको थियो। प्रस्तुतिमा ‘गाउँ गाउँबाट उठ’ ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतमा दर्शक निकै रमाएको आयोजकको दाबी छ।