• ११ मंसिर २०८१, मङ्गलबार

डब्बुको ‘जिस्केर मस्केर’

blog

काठमाडौँ, साउन २३ गते । गीतकार डब्बु क्षेत्रीको रचनामा नयाँ लोकगीत ‘जिस्केर मस्केर’ को भिडियो सार्वजनिक भएको छ । पूर्वी नेपालतिर प्रचलित लोकभाकालाई सङ्कलन गरेर गीत तयार पारिएको गीतकार डब्बु क्षेत्रीले बताउनुभयो । जिस्केर मस्केरको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट यतिबेला रिलिज गरिएको छ ।

गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाउनुभएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन पनि सविनले नै गर्नुभएको हो । गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो । 

गीतको भिडियोको छायाङ्कन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । यसरी हिमालदेखि तराईसम्म छायाङ्कन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवी, कन्याम र झापाको चियाबगान, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ । विलक्षण व्रिmयसन प्रालिले निर्माण गरेको गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोलाई माधवराज खरेलले निर्देशन गर्नुभएको छ भने तिलक रिजालको छायाङ्कन, विकाश राउतको ड्रोन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको छ ।