• ८ वैशाख २०८१, शनिबार

‘कक्रोज’ सवारीको सद्भावना दूत

blog

काठमाडौँ, साउन १८ गते । नेपाली युवा मिलेर बनाएको राइडिङ सेयर एप सवारीको सद्भावना दूतका रूपमा हरिश निरौला ‘कक्रोज’ नियुक्त हुनुभएको छ । काठमाडौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै  कक्रोजलाई सद्भावना दूत घोषणा गरेको हो ।

कार्यक्रममा कक्रोजले बजारमा विभिन्न राइडिङ सेयर एप भएता पनि ती विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गर्नुभयो । सवारी नेपाली युवाले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध पनि गर्नुभयो । आफू सवारीको प्रचार प्रसारका लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ सेयरले उत्कृष्ट सेवा प्रदान गरेर ग्राहकको मन जित्नु पर्ने बताउनुभयो । कलाकार दीपक आचार्यले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पु-याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।