• २१ असार २०८१, शुक्रबार

‘हामी तीन भाइ’ को छायाङ्कन सुरु

blog

काठमाडौँ, साउन २१ गते । मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हबलदार) लगायतको अभिनय रहने छ।

चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो। विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्माता हुनुहुन्छ।