• ११ मंसिर २०८१, मङ्गलबार

‘सानु तिमी ब्युटिफुल छौ’ सार्वजनिक

blog

काठमाडौँ, साउन १९ गते । टेलिचलचित्र ‘कर्कले मामाको चौतारी’ को गीत ‘सानु तिमी ब्युटिफुल छौ’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरू राज थापा, अविराज बिसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ लाई प्रस्तुत गरिएको छ । नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोलाई रोहन आशिभले कोरियोग्राफी गर्नुभएको हो । वासुदेव पोखरेलको निर्देशन रहेको गीतमा उहाँको अभिनयसमेत रहेको छ । टेलिचलचित्र निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गर्नुभएको हो ।

टेलिचलचित्रमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँबिचको प्रेम द्वन्द्वलाई प्रस्तुत गरिएको छ । सधैँ जमिनतिर मात्रै हेर्ने, साधारण मानिसले झैँ सिधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएका व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक वासुदेव पोखरेलले बताउनुभयो । सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोखरेल, तुलसी क्षत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अविराज बिसी, दिपेश लामिछानेलगायतका कलाकारको अभिनय छ ।