पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मत खस्यो
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।
बबई–१ जिलामा १० मत खस्यो, मलईमा अझै भएन मतदान
स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ को मलईमा अझै मतदान हुन सकेको छैन।
अछाममा ३४.९७ प्रतिशत मत खस्यो
अछामका दुई निर्वाचन क्षेत्रमा ३२ हजार ९८० महिला र २४ हजार ८३७ पुरुष गरेर ५७ हजार ८१७ जनाले मतदान गरेका छन् ।
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
सल्यानमा ३७ प्रतिशत बढी मतदान, सबैभन्दा बढी सिद्धकुमाखमा
सल्यानमा हालसम्म ३७ प्रतिशत बढी मतदान भएको छ ।
ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो
ताप्लेजुङमा बिहीबार दिउँसो ३ः३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको हो ।
दाङमा एक लाख ९६ हजार ३ मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ जिल्लामा करिब दुई लाख मत खसेको छ ।
भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना
काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन्द्रका रुपमा तोकेको छ ।
किरिया बसेका दिपेन्द्र रानाले गर्नुभयो मतदान
प्रतिनिधि सभा सदस्यको लागि बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा निवासी किरियापुत्री दिपेन्द्र रानाले मतदान गर्नुभएको छ ।
‘छ महिनाकी छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह’
मतदाताको उत्साहबिच चलिरहेको मतदानमा नेपालगन्जको एक मतदान केन्द्रमा छ महिनाको बच्चा काखमा बोकेर एक महिलाले मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।
दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मतदान भएको छ ।
तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्लामा दिउँसो ३ बजेसम्म ४४.८३ (करिब ४५) प्रतिशत मत खसेको छ।
महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’
बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो ।
दाङमा ५४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मतदान भएको छ।
बाँकेमा ५० प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ।
अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ
प्रतिनिधि सभा सदस्य निर्वाचनमा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
नवपुस्ताका मतदाता भन्छन्ः ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ ।
परिवर्तनको आशा बोकेर मतदान
डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गर्नुभएकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गर्नुभयो भन्ने ठ्याक्कै सम्झना छैन ।
उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ ।
कालाशिल्तामा एक घण्टादेखि स्थगित मतदान पुनः सुरु
एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१, कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भएपछि मतदान कार्य सुरु भएको हो।
मकवानपुरमा ४० प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
बर्दियामा ४३ प्रतिशत मत खस्यो, मतदान जारी
प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म कुल मतदातामध्ये बर्दियामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो ।
एमाले नेता पोखरेलद्वारा मतदान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
नवलपुरमा ३५ प्रतिशत मत खस्यो
नवलपुरमा ३५ प्रतिशत मत खसेको छ । दिउँसो पौने १ बजेसम्म ३५ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।