• २१ फागुन २०८२, बिहिबार

दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

blog

काठमाडौँ, फागुन २१ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मतदान भएको छ । 

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको छ । कोशीमा २८ वटा निर्वाचन क्षेत्रमा मतदानस्थल सङ्ख्या एक हजार ९०७ रहेको छ । 

उपत्यकामा ५१ प्रतिशत मत खसेको छ ।  उपत्यकामा १५ वटा निर्वाचन क्षेत्र तथा ५२७ वटा मतदानस्थलबाट मतदान प्रक्रिया जारी रहेको छ । 

मधेसमा ५४ प्रतिशत मत खसेको छ । मधेसमा ३२ वटा विर्नाचन क्षेत्र रहेकोमा दुई हजार १६० मतदानस्थल छन् । 

बागमतीमा ५३ प्रतिशत मत खसेको छ । बागमतीमा १८ वटा निर्वाचन क्षेत्र तथा एक हजार २८८ मतदानस्थल छन् । 

गण्डकीमा ४१ प्रतिशत मत खसेको छ । गण्डकीमा १८ वटा विर्नाचन क्षेत्र तथा एक हजार २९७ मतदानस्थल छन् । 

लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा २६ निर्वाचन क्षेत्र तथा एक हजार ६७१ मतदानस्थल छन् । 

कर्णालीमा ४२ प्रतिशत मत खसेको छ । कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र तथा ९४१ मतदानस्थल छन् । 

 सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत मत खसेको छ । सुदूरपचिममा १६ वटा विर्नाचन क्षेत्र र एक हजार १७६  मतदानस्थल छन् । 

आयोगका अनुसार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा दश हजार ९६७ मतदानस्थल छन् । कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये दिउँसो ३ बजेसम्म  ७४ लाख १४ हजार १०१ जनाले मतदान गर्नुभएको छ ।