शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, फागुन २१ गते । नवलपुरमा ३५ प्रतिशत मत खसेको छ । दिउँसो पौने १ बजेसम्म ३५ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रजिअ पाण्डेले बताउनुभयो । यहाँ ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा २ लाख ६८ हजार ५२६ मतदाता छन्।
यसैबिच कावासोती–१६, डण्डास्थित दीपेन्द्र आधारभूत विद्यालय केन्द्रमा महिला मतदाताको सङ्ख्या उल्लेख्य रहेको छ । यहाँ महिला मतदाताका चार वटा लामा लाइन देखिएका छन् भने पुरुषको एउटा मात्र सानो लाइन देखिएको छ । पुरुष मतदाता धेरैजसो विदेशमा रहेकाले मतदान गर्न जानेको सङ्ख्या कम देखिएको अनुमान गरिएको छ ।