झापामा करिब ६५ प्रतिशत मत खस्यो
बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।
आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता साह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताउनुभएको छ ।
कास्कीमा मतपेटिका सङ्कलन हुँदै, गणना आजै
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको छ ।
भिमफेदी कारागारका १४३ कैदीबन्दीले गरे मतदान
कारागार कार्यालय भिमफेदी मकवानपुरका १४३ जना कैदीबन्दीले मतदान गरेका छन् ।
इलाममा मतपेटिका सङ्कलन सुरु
मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ ।
भोजपुरमा २७ प्रतिशत मत खस्यो, मतगणना भोली हुने
भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ ।
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।
तनहुँका दुई अस्थायी केन्द्रमा समानुपातिक मतदान : कारागारका सबै मतदाताद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुई अस्थायी मतदान केन्द्रमा आज समानुपातिकतर्फको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रचण्ड खुशी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभएको छ ।
निर्वाचन नै देशको निकासको प्रमुख विकल्प : प्रथम राष्ट्रपति डा.यादव
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवलले देशको वर्तमान अवस्थाबाट उचित निकास दिनका लागि निर्वाचन बाहेक अर्को विकल्प नरहेको धारणा व्यक्त गर्नुभएको छ ।
अस्थायी मतदान केन्द्रमा १० प्रतिशत मात्रै मत
सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्रमा करिब १० प्रतिशत मात्रैले मतदान गर्नुभएको छ ।
बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत
बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत खसेको छ ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।
झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान
सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ ।
कालीकोटमा शान्तिपूर्ण मतदान
कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज शान्तिपूर्ण रूपमा मतदान भईरेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म उत्साहजनक सहभागिताका मतदान भइरहेको हो।
सल्यान कारागारमा शतप्रतिशत मतदान, जिल्लाभर ४५ प्रतिशत बढी
सल्यान कारागारबाट शतप्रतिशत अस्थायी मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कारागार कार्यालय सल्यानका १९ जना मतदातामध्ये सबैले मतदान गरेका हुन् ।
सुनसरीमा ५६ प्रतिशत मतदान
सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
दाङमा ५१ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ ।
कैलालीमा साढे ३८ हजार मत खस्यो
कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ ।
कास्कीमा एक सय ८५ सवारी नियन्त्रणमा
कास्कीमा निर्वाचनका दिन बिना पास सञ्चालनमा रहेका सवारीसाधनहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । बिहीबार बिहानदेखि दिउँसो ४ बजेसम्म एक सय ८५ सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
धादिङमा ७१ कैदीबन्दीद्वारा मतदान
कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालय धादिङ अस्थायी मतदान केन्द्रका मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार २६४ कैदीबन्दीमध्ये ७१ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शाहद्वारा मतदान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वाकरको सहारामा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।
अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान
आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । उपत्यकामा कुल मतदाता ११ लाख ८५ हजार ३७४ मध्ये हालसम्म ६३ लाख पाँच हजार ४२८ ले मतदान गरेका छन् ।