• २१ फागुन २०८२, बिहिबार

धादिङमा ७१ कैदीबन्दीद्वारा मतदान

blog

जिल्ला कारागार धादिङ अस्थायी मतदान केन्द्र ।

अस्मिता पोखरेल 

धादिङबेंसी, फागुन २१ गते । कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालय धादिङ अस्थायी मतदान केन्द्रका मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार २६४ कैदीबन्दीमध्ये ७१ जना कैदीबन्दीले मतदान गरेका हुन् । 

जसमा ६८ पुरुष र ३ महिला गरी कुल ७१ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेको कँडुवालले बताउनुभयो । उहाँहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाएका छन् ।

कारागार परिसरमा सञ्चालन गरिएको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको जनाइएको छ । कैदीबन्दीहरूको मतदान सम्पन्न भइसकेको र सुरक्षाकर्मी तथा कर्मचारीहरूको मतदान कार्य भने जारी रहेको मतदान अधिकृत कँडुवालले जानकारी दिनुभयो ।

जिल्लाको ११४ मतदान स्थलको ३१० मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।