काठमाडौँ, फागुन २१ गते । निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । उपत्यकामा कुल मतदाता ११ लाख ८५ हजार ३७४ मध्ये हालसम्म ६ लाख ३५ हजार ४२८ ले मतदान गरेका छन् ।
कोशीमा ४६ प्रतिशत मत खसेको छ । कोशीमा कुल मतदाता ३५ लाख ७४ हजार ३१० मध्ये १६ लाख ३८ हजार ९०२ जनाले मतदान गरेका छन् ।
मधेसमा ३७ प्रतिशत खसेको छ । मधेसमा कुल मतदाता ३६ लाख ३६ हजार ४१४ मध्ये १३ लाख ५२ हजार ५०४ जनाले मतदान गरेका छन् ।
बागमतीमा ४७ प्रतिशत मत खसेको छ । बागमतीमा कुल मतदाता २४ लाख ९६ हजार ९३६ मध्ये ११ लाख ८२ हजार ६६० ले मतदान गरेका छन् ।
गण्डकीमा ४८ प्रतिशत मत खसेको छ । गण्डकीमा कुल मतदाता १८ लाख ७० हजार ६५ मध्ये नौ लाख दुई हजार २१६ जनाले मतदान गरेका छन् ।
लुम्बिनीमा ४७ प्रतिशत मत खसेको छ । लुम्बिनीमा ३३ लाख ८६ हजार ६८० मध्ये हालसम्म १५ लाख ८१ हजार ४८१ ले मतदान गरेका छन् ।
कर्णालीमा ४८ प्रतिशत मत खसेको छ । कर्णालीमा कुल मतदाता १० लाख ३७ हजार २५० मध्ये ४ लाख ९७ हजार १२१ ले मतदान गरेका छन् ।
सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ । सुदूरपश्चिममा कुल मतदाता १७ लाख १६ हजार ६६० मध्ये ६ लाख ७० हजार ३६५ ले मतदान गरेका छन् ।
आयोगका अनुसार देशभर कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये अपरान्ह ४ बजेसम्म ८४ लाख ६० हजार ६७७ ले मतदान गरेका छन् ।