• २१ फागुन २०८२, बिहिबार

कालीकोटमा शान्तिपूर्ण मतदान

blog

कालीकोटको पिङलादेबि आबिमा मतदान गर्दै मतदाता ।

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २१ गते ।  कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज  शान्तिपूर्ण रूपमा मतदान भईरेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म उत्साहजनक सहभागिताका मतदान भइरहेको हो।

जिल्लाभरिका १२८ मतदान केन्द्रमा मतदाताहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । विशेषगरी वृद्ध, महिला तथा पहिलोपटक मतदान गर्ने युवायुवतीहरूको उल्लेख्य सहभागिता देखिएको छ।

जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोकणराज सुयलका अनुसार सुरक्षा व्यवस्था कडा पारिएको र मतदान सहज तरिकाले भइरहेको छ । मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएका कारण मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भएको प्रजिअ सुयलले बताउनुभयो । कुनै अप्रिय घटना बिना मतदान जारी रहेको निकायले जनाएको छ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सम्बन्धित सङ्कलन केन्द्रमा सुरक्षित रूपमा ल्याउने काम आजै हुने छ । आवश्यक प्रक्रिया पूरा गरी छिट्टै मतगणना सुरु गरिने प्नमुख निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो । 

स्थानीय नागरिकहरूले लोकतान्त्रिक अभ्यासमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरेका छन् भने समग्रमा कालीकोटमा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भएको बताइएको छ।