कैलालीमा ५५.४ प्रतिशत मत खस्यो
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र मतदाता रहेको कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५.४ प्रतिशत मत खसेको छ।
हेलिकप्टरमार्फत मतपेटिका धुञ्चे ल्याइयो
रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।
धादिङमा ५७.५३ प्रतिशत मत खस्यो
धादिङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
जुम्लामा ५७.४४ प्रतिशत मत खस्यो
जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला २१ हजार एक सय ४६ जना, पुरुष : २० हजार ६४ जना मतदाता गरि जम्मा रु ४१ हजार दुई सय १० मत खसेको हो ।
सुनसरी-१ मा ५८ प्रतिशत मत खस्यो
सुनसरी-१ मा ५८ प्रतिशत मत खसेको छ ।
कञ्चनपुरमा ५८.६१ प्रतिशत मत खस्यो
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँका तीन ओटै निर्वाचन क्षेत्रमा ५८.६१ प्रतिशत मत खसेको छ ।
कालीकोटमा ४९.८६ प्रतिशत मत खस्यो
कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो।
काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा गरी औसत ६०.४२ प्रतिशत मत खसेको जनाएको हो।
लिमी सुनखानी प्रावि मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानी
अति संवेदनशील र विवादित बनेको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको सुनखानी प्रावि मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ।
उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतगणना आजै
उदयपुरका दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बर्दिवासको प्रेमनगर मतदान केन्द्रमा झडप : चार घाइते, एकको अवस्था गम्भीर
महोत्तरीको बर्दिवास नगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगर मा रहेको मतदान केन्द्रमा मतदानका क्रममा झडप हुँदा चार जना घाइते भएका छन्।
म्याग्दीमा मतपेटिका सङ्कलन, शुक्रबार बिहानदेखि मतगणना
म्याग्दीमा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका सङ्कलन सुरु भएको छ। जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। म्याग्दीमा करिब ५४.२७ प्रतिशत मत खसेको छ।
अछाममा मतगणना भोलिबाट, मतपेटिका सङ्कलन गरिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अछाममा भोलिबाट सुरु हुने भएको छ ।
सर्लाहीमा धमाधम मतपेटिका सङ्कलन, ६० प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा छिटपुटबाहेक शान्तपूर्वक रुपमा मतदान सम्पन्न भइ बिहीबार साँझदेखि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ ।
इलाममा खस्यो ५७ प्रतिशत मत
यस पटकको निर्वाचन इलाममा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । यस निर्वाचनमा जिल्लामा ५७ प्रतिशत मत खसेको छ ।
रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना भाेलि
रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ ।
मतदान शान्तिपूर्ण सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
बाजुरामा मतपेटिका सङ्कलन गरिँदै
आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ ।
बैतडीमा ७३ हजार १४८ मत खस्यो, मतगणना भोलि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
झापामा आज रातिदेखि मतगणना सुरु हुने
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेकाे छ ।
ओखलढुङ्गाको सातसल्ले केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य, समानुपातिकमा चार मत
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।
दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै
नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ।
कैलाली १ मा ५० दशमलव ५५ प्रतिशत मत खस्यो
कैलाली क्षेत्र नम्बर १ मा ५० दशमलव ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार यस क्षेत्रमा ५४ हजार ८४४ मत खसेको हो ।
सल्यानमा ४८.१४ प्रतिशत मतदान, मतपेटिका रातिसम्म सङ्कलन हुने
एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको सल्यानमा विहिबार भएको मतदानमा ४८.१४ प्रतिशतले मतदान गरेका छन् ।