शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अस्मिता पोखरेल
धादिङबेंसी, फागुन २१ गते । धादिङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५७.५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव गुरुङले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल २ लाख ७५ हजार २ सय ८० मतदाता रहेकामा १ लाख ५८ हजार ३ सय ८४ मत खसेको छ। हाल मतपेटिका सङ्कलन कार्य जारी रहेको निर्वाचन कार्यलयले जनाएको छ ।