शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
निशा राई
धरान, फागुन २१ गते । सुनसरी-१ मा ५८ प्रतिशत मत खसेको छ ।
बिहीवार भएको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरि-१ भरिको मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजे सम्म उत्साहजनक र शान्तिपूर्ण तवरले जम्मा ८७ हजार ८ सय ६५ मत खसेको जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीले जानकारि दिनुभयो ।
जसमा ४७ हजार ७ सय १८ जना महिला रहेको र ४० हजार १ सय ४७ जना पुरुष रहेको उहाँले जानकारि दिनुभयो । सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ जना मतदाता रहेका छन ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँ ४१ वटा मतदान स्थल र १६१ वटा मतदान केन्द्र तोकिएका छन्। सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछन् ।