मुस्ताङका कांग्रेसका गौचनको सुरुवाती अग्रता
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरूआती अग्रता लिनुभएको छ ।
ताप्लेजुङमा १२३ केन्द्रको मतपेटिका सङ्कलन, चार वटाको अन्योल
ताप्लेजुङमा एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । एक सय २७ वटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ ।
काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि
त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ ।
दाङ–१ मा रास्वपाका देवराज पाठकको अग्रता
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सुरूवाती चरणको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले अग्रता कायम गर्नुभएको छ।
काठमाडौँ ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक
काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका–१ बाट सुरु भएको मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ ।
मतदानमा ज्येष्ठ नागरिकको उत्साह
नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो विश्वयुद्धताका जन्मिएका मतदाताले समेत मतदान गरेका छन् । जसलाई सबैभन्दा ठुलो पुस्ता (ग्रेटेस्ट जेनेरेसन) पनि भनिन्छ । दोस्रो विश्वयुद्ध सन् १९३९ मा सुरु भई १९४४/०४५ सम्म चलेको हो । पश्चिममा अछाम र कञ्चनपुरदेखि कोशीको उदयपुरमा शताब्दी उमेर पार गरेका मतदाताले मतदान गरेका छन् ।
मतदान प्रतिशत स्वाभाविक
देशैभर भएको प्रतिनिधि सभा निर्वाचन उत्साहजनक भए पनि अपेक्षा गरेभन्दा केही कम मत खसेको छ । २०७९ सालको निर्वाचनपछि तीन वर्षमा भएको निर्वाचनमा प्रारम्भिक चरणमा कुल ६० प्रतिशत मात्रै मत खसेको हो ।
नयाँ मतदाताले खोजे परिवर्तन
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहीबार पहिलो पटक मतदानमा सहभागी नयाँ मतदातामा सुनौलो उत्साह देखियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म अनुसार भएको निर्वाचनमा नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाए ।
मतपेटिका सङ्कलन जारी, सल्यानमा भोलिदेखि मतगणना हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा खसेका मतको गणना भोलिदेखि मात्र सुरु हुने भएको छ।
रुकुम पश्चिममा ५९.३ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुमपश्चिममा आज मतदान सम्पन्न भएको छ ।
आठ जिल्लाको मतपेटिका ढुवानी हेलिकप्टरबाट
आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
बागलुङमा ५०.१९ प्रतिशत मतदान
प्रतिनिभिसभा सदस्य निर्वाचनमा बागलुङमा ५० दशमलब १९ प्रतिशत मतदान भएको छ ।
महोत्तरीमा ५९.८६ प्रतिशत मतदान
महोत्तरी जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मतदान भएको छ।
प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिनुभएको छ ।
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकोमा धन्यवाद
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ ।
पाल्पामा ५५ प्रतिशत बढी मत खस्यो
पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् ।
जाजरकोटमा ५६.१४ मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जाजरकोटमा ५६.१४ प्रतिशत मत खसेको छ ।
भ्रष्टाचार, विभेद र पक्षपात नहोस् : प्रधानमन्त्री कार्की
प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन ।
बाँके २ मा आजै मतगणना हुने
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।
मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीद्वारा धन्यवाद ज्ञापन
हमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।
सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो
दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ ।
काठमाडौँमा कहाँकहाँ हुँदैछ मतगणना ?
प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।
सुदूरपश्चिममा आधा मतदाताले निर्वाचनमा भाग लिएनन्
सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् ।