• २२ फागुन २०८२, शुक्रबार

आठ जिल्लाको मतपेटिका ढुवानी हेलिकप्टरबाट

blog

काठमाडौँ, फागुन २१ गते । आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । “रसुवा, दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गछौँ ।”  रासस