शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चित्रकुमार मिजार
सिन्धुपाल्चोक, फागुन २१ गते । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार यस पटकको निर्वाचनमा ६९ हजार ५ महिला मतदाता र ८४ हजार १४१ पुरुष मतदाताले मतदान गरेका छन् । जसमा १ लाख ५३ हजार १४६ मतदाताले मत हालेका थिए ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ र २ मा कूल २ लाख ७४ हजार ९९८ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन अन्र्तगत तीन नगरपालिका र नौ गाउँपालिकाको १०३ वटै वडामा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बख्रेलले जानकारी दिनुभयो । साथै सिन्धुपाल्चोकमा १ सय ४६ मतदान स्थल, ३ सय ३८ मतदान केन्द्र रहेका छन् ।