• २१ फागुन २०८२, बिहिबार

सल्यान कारागारमा शतप्रतिशत मतदान, जिल्लाभर ४५ प्रतिशत बढी

blog

शंकर केसी

सल्यान, फागुन २१ गते । सल्यान कारागारबाट शतप्रतिशत अस्थायी मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कारागार कार्यालय सल्यानका १९ जना मतदातामध्ये सबैले मतदान गरेका हुन् ।

जिल्ला अदालतको खुला चौर (क) मा एक हजार ८० मध्ये ४७ र (ख) मा एक हजार ४७ मध्ये १३ जनाले मात्रै मत प्रयोग गरेका छन् । मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी गरेर तीन हजार ५५ जना अस्थायी मतदाता कायम भएकोमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलि गस्तीमा भएका कारण मत नहालेको जानकारि दिनुभयो ।

जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता मध्ये ४५.८१ प्रतिशतले मतदान गरेका छन् । दिउँसो ४ बजेसम्म १० स्थानीय तहबाट ७४ हजार ४२१ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।