• २१ फागुन २०८२, बिहिबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शाहद्वारा मतदान

blog

मतदान गर्दै मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, फागुन २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वाकरको सहारामा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कैलाली क्षेत्र नम्बर २, लम्किचुहा नगरपालिका–१ को कालिका माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर दिउँसो ३ बजेर  २५ मिनेटमा मतदान गर्नुभएको हो । 

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने क्रममा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई सफल बनाउन खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा आम मतदाताहरूलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो । 

त्यसैगरी, भ्रष्टाचार न्यूनीकरण र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

मुख्यमन्त्री शाहले शहिदहरूको रगत र बलिदानअनुसार देशमा लोकतन्त्रको स्थायित्व कायम हुने, संविधानको प्रभावकारी कार्यान्वयन हुने तथा लोकतान्त्रिक प्रणाली अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।