• २१ फागुन २०८२, बिहिबार

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मत खस्यो

blog

बुटवल १२ मा रहको नयागाउ माविमा रहेको मतदान स्थल । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर,फागुन २१ गते । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।

केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिनुभयो ।६० प्रतिशत बढी मत खसेको र कुनै अवरोध विना निर्वाचन भइरहेको उहांको भनाइ छ । रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्।

यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।