• २१ फागुन २०८२, बिहिबार

उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत

blog

काठमाडौँ, फागुन २१ गते । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ । 

आयोगका अनुसार उपत्यकामा दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको छ । 

कोशी प्रदेशमा ३२ प्रतिशत, मधेशमा ३२ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मत खसेको छ । 

देशका कुल एक सय ६५ निर्वाचन क्षेत्रमा दश हजार ९६७ मतदान स्थल रहेका छन् । 

जम्मा मतदाता सङ्ख्या एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये हालसम्म ६२ लाख २० हजार ४२ मत खसेको आयोगले जनाएको छ ।