प्रवीणकुमार शर्मा
रौतहट, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको राजपुर-९ का १५ वर्षीय आरजे हायात रहेका छन् ।राजपुर नगरपालिका–९, बैरिया गाउँ उत्तरको यतीम खाना अनाथालय बरिया (क) मतदान केन्द्रमा फर्जी मत खसाल्न खोजेको आरोपमा हायातलाई प्रहरीको जिम्मा लगाइएको मतदान अधिकृत सुभाष यादवले बताउनुभयो ।
राजपुर नगरपालिका-९, बरियाका महम्मद आसिकको नाममा मत खसाल्न लागेकोले पहिचान पछि प्रहरीको जिम्मा लगाइएको उहाँको भनाइ छ ।
पक्राउ परेका हायातलाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
अझै दुई तीन जना रौतहटका विभिन्न मतदान केन्द्रबाट पक्राउ परेको जानकारी आएको उहाँले बताउनुभयो ।