• २१ फागुन २०८२, बिहिबार

बबई–१ जिलामा १० मत खस्यो, मलईमा अझै भएन मतदान

blog

लीलाधर वली

घोराही, फागुन २१ गते । स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ को मलईमा अझै मतदान हुन सकेको छैन।

६ सय ८२ मतदाता रहेको बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय जिलामा दिउँसो ३ : ४५ सम्म ५ महिला र ५ पुरुष गरी १० जनाले मात्र मतदान गरेको निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिनुभएको छ। यस्तै, बबई गाउँपालिका–७ तल्लो मलईखोलास्थित देउती माविमा अहिलेसम्म एक मत पनि खसेको छैन।

५ सय ३० मतदाता रहेको सो मतदान केन्द्रमा अहिलेसम्म मतदान नभएको मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो। बबई गाउँपालिका–१ र ७ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन्।