• २१ फागुन २०८२, बिहिबार

अछाममा ३४.९७ प्रतिशत मत खस्यो

blog

शिवराज ढुंगाना 

अछाम, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको निर्वाचनका क्रममा अछाममा ३ः४५ बजेसम्म ३४ दशमलव ९७ प्रतिशत मत खसेको छ । अछामका दुई निर्वाचन क्षेत्रमा ३२ हजार ९८० महिला र २४ हजार ८३७ पुरुष गरेर ५७ हजार ८१७ जनाले मतदान गरेका छन् । 

अछामका दुई निर्वाचन क्षेत्र गरेर एकलाख ६५ हजार ३३७ मतदाता रहेका छन् । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी रामदिन चौधरीले जानकारी दिनुभयो ।