शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मतदान भएको छ।
उक्त मतदान स्थलमा ११ वटा मतदान केन्द्र स्थापना गरिएका छन्। मतदान केन्द्रको सुरक्षाको नेतृत्व गरिरहनुभएका वरिष्ठ सई धनबहादुर केसीका अनुसार दिउँसो ३ बजेसम्म कुल १० हजार ९६९ मतदातामध्ये ५ हजार ८३६ मत खसेको छ। त्यसमध्ये महिला ३ हजार ३५ र पुरुष २ हजार ८०१ जनाले मतदान गरेका छन्। मतदान स्थलमा मतदाताको सहभागिता उत्साहजनक रहेको र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।