बैतडीमा २ बजेसम्म ३० प्रतिशत मत खस्यो
आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
रौतहटमा ६१ जना कैदीबन्दीले गरे मतदान
कारागार कार्यालय गौर, रौतहटमा मतदान सम्पन्न भएको छ ।कारागारमा रहेका २०८ कैदीबन्दी मध्ये ६३ जना मतदाता रहेका थिए ।
धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो
धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।
कैलालीमा ३२ प्रतिशत मत खस्यो
कैलालीमा मतदान सुरु भएको ६ घण्टामा एक लाख ७५ हजार ७३५ मत खसेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म सो सङ्ख्यामा मत खसेको हो ।
झापामा ४१ प्रतिशत मत खस्यो
झापामा ४१ प्रतिशत मत खसेको छ ।
रुकुम कारागारमा मतदान सकियो
जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् ।
कावा प्रमुख डङ्गोलले गर्नुभयो मतदान
काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर (कावा प्रमुख) सुनिता डङ्गोलले फसिगा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । डंगोलले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर २१ को फसिगा लगनटोल मतदान केन्द्रमा विहान ९ बजे मतदान गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनुभएन
राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन ।
दाङमा दिउँसोसम्म २८.७२ प्रतिशत मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ।
स्याङ्जामा अवरुद्ध भएको मतदान सुरु
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्याेति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुनः सुरु भएको छ।
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
सुदूरपश्चिममा खस्यो ३० प्रतिशत मत
सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो ।
कांग्रेस नेता खड्काले गर्नुभयो सुर्खेतबाट मतदान
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले सुर्खेतबाट मतदान गर्नुभएको छ । उहाँले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को सूर्यज्योती माध्यमिक विद्यालय, मेहेलकुनाबाट मतदानन गर्नुभएको हो ।
इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान
इलामको चुलाचुुली गाउँपालिका -६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ ।
सङ्खुवासभामा २७ हजार ८३९ मत खस्यो
सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।
प्रेमनगर मतदान केन्द्रमा झडपपछि मतदान अवरुद्ध
बर्दिबास नगरपालिका–७ स्थित प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका छन्।
भोजपुरमा २७ प्रतिशत मत खस्यो
भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
धनकुटामा २३ प्रतिशत मत खस्यो
धनकुटामा १ बजे सम्ममा २३ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
इलाममा ४० प्रतिशत मत खस्यो
आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
देशभर १८ प्रतिशत मतदान : कुन जिल्लामा कति मत खस्यो ?
निर्वाचन आयोगका अनुसार बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज मध्यान्हसम्मा देशका सबै मतदान केन्द्रमा जम्मा ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन् ।
हुम्लामा ४४ प्रतिशत मतदान सम्पन्न
बिहीबार बिहानदेखि सुरु भएको मतदान कार्य दिउँसो १ बजेसम्म ४४ प्रतिशत सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा गरी सो मतदान कार्य सम्पन्न भएको हो ।
बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो
बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान
जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।