शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
बैतडी, फागुन २१ गते । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो २ बजेसम्म कुल ४८ हजार ५१५ मत खसेको छ । जसमध्ये २३ हजार २१४ पुरुष, २५ हजार ३०० महिला तथा १ अन्य मतदाता रहेका छन । ८ घण्टाको अन्तरालमा ३०.८९ प्रतिशत मत खसेको छ ।
यस्तै साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने छ । जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रशासनले जनाएको छ ।