• २१ फागुन २०८२, बिहिबार

देशभर १८ प्रतिशत मतदान : कुन जिल्लामा कति मत खस्यो ?

blog

कामठाडौँ, फागुन २१ गते । निर्वाचन आयोगका अनुसार बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज मध्यान्हसम्म देशका सबै मतदान केन्द्रमा जम्मा ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन् ।  

उहाँका अनुसार मुस्ताङमा ४२ दशमलव ८४ प्रतिशत मतदान भएको छ । डोल्पामा ४० प्रतिशतभन्दा बढी मतदान भएको छ । 

तनहुँमा २९ दशमलव ९३ प्रतिशत मतदान भएको छ । तनहुँमा मतदान प्रक्रिया शान्तिपूर्ण रहेको उहाँको भनाइ छ । 

दाङमा २६ दशमलव ९५ प्रतिशत मतदान भएको छ । रुकुममा मध्यान्हसम्म ३४ दशमलव ५३ प्रतिशत मतदान भएको छ । 

पवर्तमा ३० प्रतिशत, सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्म २९ प्रतिशत, म्याग्दीमा १२ः५० बजेसम्म ३० दशमलव ८६ प्रतिशत, रोल्पामा २६ प्रतिशत, मुगुमा ४२ दशमलव ९० प्रतिशत, ओखलढुङ्गामा २४ दशमलव ५० प्रतिशत मतदान भएको आयोगले बताएको छ ।