प्रवीणकुमार शर्मा
रौतहट, फागुन २१ गते । कारागार कार्यालय गौर, रौतहटमा मतदान सम्पन्न भएको छ ।कारागारमा रहेका २०८ कैदीबन्दी मध्ये ६३ जना मतदाता रहेका थिए ।
कारागारमा १९९ पुरुष र नौ जना महिला रहेकोमा ६३ जना पुरुष मतदाता रहेका छन् । ६३ जना मतदातामध्ये दुई जना भर्खरै कैदमुक्त भएका कारण ६१ जनाले मतदान गरेको कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरि तीन कर्मचारी खटाइएकोमा उहाँले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान कर्मचारी बाहेक कारागार कार्यालयका कर्मचारी, निर्वाचन प्रहरी र नेपाली सेना गरी २२ जनाले मतदान गर्नुभएको मतदान अधिकृत थापाले जानकारी दिनुभयो ।
सबै मत खसिसके पनि मतपेटिका सिल गर्ने कार्यक्रम पाँच बजे मात्रै हुने उहाँले बताउनुभयो ।