• २१ फागुन २०८२, बिहिबार

कावा प्रमुख डङ्गोलले गर्नुभयो मतदान

blog

मतदान गर्नु भएपछि काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर (कावा प्रमुख) सुनिता डङ्गोल ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन २१ गते । काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर (कावा प्रमुख) सुनिता डङ्गोलले फसिगा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । डङ्गोलले काठमाडौँ महानगरपालिकास्थित वडा नम्बर २१ को फसिगा लगनटोल मतदान केन्द्रमा विहान ९ बजे मतदान गर्नुभएको हो । 

उहाँले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो । लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र देशलाई समृद्ध बनाउने उम्मेदवारहरूलाई छान्न उहाँले आग्रह गर्नुभयो ।