तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धि
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पु¥याउन सुनको कोटा वृद्धि गरेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैङ्कले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था भएको छ । त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कायम रहेको थियो ।
‘एमसिसी कार्यान्वयनमा सरकार प्रतिबद्ध’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन र सडक निर्माणमा सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । कुल ३१५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यु बुटवल) प्रसारण लाइन तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताउनुभएको हो ।
सेयर बजारमा स्वस्थ प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा स्वस्थकर प्रतिस्पर्धा जरुरी रहेको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वल्र्ड इन्भेस्टर विक–२०२३ का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सर्वसाधारणको लगानी सुरक्षित गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
चाडपर्वमा चिनी अभाव नहुने
नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।
ग्यासमा कर दक्षिण एसियाकै उच्च
सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ ।
पशु कल्याण ऐन छिट्टै ल्याउन जोड
मस्यौदाका रूपमा रहेको पशु कल्याण ऐन चाँडै कार्यान्वयनमा ल्याउन जोड दिँदै सरोकारवालाले पशुलाई रक्षा र उसको कल्याणका लागि कडा कानुन बनाउने कुरामा जोड दिएका छन् । विश्व पशुपन्छी दिवस २०८० का अवसरमा ‘स्नेहा केयर’ र ‘नेपाल फार्मिङ एडभाइजरी काउन्सिल’ को सहयोगमा पशु सेवा विभागले आइतबार आयोजना गरेको ‘पशु कल्याण तथा पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ विषय अन्तव्रिर्mया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका छन् ।
बजार अनुगमनमा उच्च कैफियत देखियो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो ।
सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव
नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।