• २ असार २०८१, आइतबार

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

blog

काठमाडौं, मङ्सिर १७ गते । आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एकपछि अर्को रेकर्ड ब्रेक गर्दै आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघले साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक लाख २० हजार आठ सय रुपियाँ कायम भएको जनाएको छ ।

महासङ्घले आज १८ सय रुपियाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन १८ सय रुपियाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार तोलाको एक लाख १८ हजार ४५० रुपियाँ मूल्य तोकिएको थियो । आज तेजाबी सुनको मूल्यमा एक हजार ७५० रुपियाँले बढेको हो ।

चाँदीको मूल्यमा भने आज पाँच रुपियाँ बढेर एक हजार ५४५ रुपियाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक हजार ५४० रुपियाँ मूल्य तोकिएको थियो ।