• १६ वैशाख २०८१, आइतबार

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–साङ्घाई उडान सुरु

blog

काठमाडौं, मङ्सिर १७ गते । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।

एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ । एयरलाइन्सले हरेक शनिबार ए ३२० बिमानमा काठमाडौंदेखि साङ्घाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ । साथै डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ ।

सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौंस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिधा उडान पुनः सुरु गरेको हो । सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय शहर छिङदाओमा सिधा उडान सुरु गरेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ । पर्यटन क्षेत्र नेपालका लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल