• १२ साउन २०८१, शनिबार

सुनको मूल्य अहिले सम्मकै उच्च

blog

काठमाडौं, मङ्सिर १२ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ ।