दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ ।
खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी
खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ ।
'विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम'
खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।
सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।
प्लास्टिकजन्य फूल बिक्रीवितरणमा कडाइ
प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।
बजार अनुगमनमा भेटियो मनग्गे कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा ९८ प्रतिशतमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ गतेदेखि असोज ३० गतेसम्म सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ गतेदेखि २२ गतेसम्म ७५७ वटा व्यवसायी फर्मको अनुगमन भएकोमा ११ वटाबाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
दसैँ बिदामा पनि इन्धन वितरण
नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि इन्धन वितरण नियमित गर्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुुला राखेको हो । ४ गतेदेखि ९ गतेसम्म बिदाको दिनमा तोकिएका डिपोबाट पेट्रोलियम पदार्थ बिक्रि खुला गरिने निगमले जनाएको छ ।
बजार अनुगमनमा भेटियो मनग्गे कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा ९८ प्रतिशतमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ गतेदेखि असोज ३० गतेसम्म सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ गतेदेखि २२ गतेसम्म ७५७ वटा व्यवसायी फर्मको अनुगमन भएकोमा ११ वटाबाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
खोटाङमा एक करोड ७५ लाखका खसी बिके
दसैं तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह वराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।