प्युठानमा माछापालन क्षेत्र विस्तार
पछिल्लो समय जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा समेत माछापालन व्यवसाय विस्तार भएको छ ।
आयात रोक्न सहकारीद्वारा फूलखेती
स्याङ्जाको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेको छ ।
भारतीय सयपत्री फूलको माला आयातमा रोक
सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।
आजदेखि प्रथम गुल्मी महोत्सव सुरु
गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
मिठाईको पर्व तिहारमा चिनी अभाव
सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।
बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ ।
भारतीय फूल विस्थापित गर्न तनहुँमा व्यावसायिक फूल खेती
तनहुँको एक गाउँपालिकाद्वारा भारतीय फूल आयात प्रतिस्थापन गर्न व्यावसायिक फूल खेती गरिएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिक फूल खेती थालिएको हो ।
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।
दशैँमा खसी, बोका र च्याङ्ग्राको व्यापार खस्कियो, सहुलियतको पनि बिकेन
गतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार खस्किएको छ । यस वर्षको दशैँमा उपभोक्ताले मासुको खपत घटाएको व्यावसायीको भनाइ छ ।
पेट्रोलियम पदार्थको खपत बढ्यो
नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो । अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।
हेटौँडा सिमेन्टको उत्पादन बन्द
कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भए पनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको हो ।
आयातमा वृद्धि हुँदा निर्यात घट्यो
असोज महिनामा मालबस्तुको आयातमा सामान्य वृद्धि भएको छ । यस वर्ष कात्तिकमा दसैँ, तिहार जस्ता चाडपर्वका लागि हुने खपतका कारण आयात बढेको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
निर्धारित समयमा सम्पन्न तनहुँ जलविद्युतको काम धमाधम
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । निर्धारित समयमा पूरा गर्ने उद्देश्य दसैँको बिदामा समेत काम जारी राखिएको हो ।
बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।
नेपालको जलविद्युतले राम्रो बजार पाउन सक्ने
भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।
तल्लो सेती जलविद्युत आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ ।
घट्यो खसी च्याङ्ग्राको मूल्य
भक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् ।
दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति
दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ ।
दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ ।
खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी
खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ ।
'विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम'
खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।
सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।
प्लास्टिकजन्य फूल बिक्रीवितरणमा कडाइ
प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।