लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ ।
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदामा पनि सुचारु
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।
चार हजार आठ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
तिहार बिदामा इन्धन पाइने
तिहार बिदामा पेट्रोलियम पदार्थको बिक्रीवितरण खुला हुने भएको छ । नेपाल आयल निगमले तिहारको सार्वजनिक बिदामा उपभोक्ताको हितलाई ध्यानमा राखी डिपो तथा कार्यालय खुला राखी पेट्रोलियम पदार्थको बिक्री गर्ने भएको हो ।
पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ ।
एनसेल सिइओमा फोले नियुक्त
दूरसञ्चार सेवाप्रदायक एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त हुनुभएको छ । कम्पनीको व्यवस्थापनले आगामी कात्तिक १५ गतेदेखि लागु हुने गरी उहाँलाई नयाँ सिइओ नियुक्त गरेको हो । एनसेलमा आबद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसअघि सात वटा फ्राङ्कोफोन अफ्रिकी बजारको सञ्चालनको जिम्मेवारीमा रहेर उहाँले काम गर्नुभएको थियो । त्यसअघि उहाँले टेलिनोर पाकिस्तान (टिपी) का सिइओका रूपमा काम गरिसक्नुभएको एनसेलले जनाएको छ ।
हुलास र अशोक स्टीलले पनि तिर्न थाले, केही भने नतिर्न लबिङमा
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता महसुल भुक्तानीका विषयमा उद्योगीहरू फरक फरक भूमिकामा लागेका छन् । केही उद्योगी नेपाल विद्युत् प्राधिकरणको असोज १२ गतेको सूचनाबमोजिम बक्यौताको किस्ता भुक्तान गर्न थालेका छन् ।
एनसेलको सिइओमा माइकल फोले नियुक्त
एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त हुनुभएको छ । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उहाँ नियुक्त हुनुभएको एनसेलले जनाएको छ ।
सात हजार एक सयले बढ्यो सुनको मूल्य
सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको छ ।
सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव
तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।
तीन उद्योगले तिर्न थाले बक्यौता
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता महसुल भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले ताकिता गरेपछि बक्यौता रहेका उद्योगहरू सम्पर्कमा आई महसुल तिर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।
दुई लाख ५० हजार कट्यो सुनको मूल्य
नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ ।
सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।
कर कानुनका अस्पष्टता हटाइने
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विद्यमान कर कानुनमा देखिएका अस्पष्टता हटाइने बताउनुभएको छ ।
ऊर्जा दक्षता प्रवर्धन गर्ने उद्योगलाई अनुदान
नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजना अन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रममा सफलतापूर्वक ऊर्जा दक्षताका उपाय लागु गरेका दोस्रो चरणका उद्योगलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक अनुदान वितरण गरेको छ ।
तिहारको मुखमा चाँदीको कालोबजारी
तिहार सुरु हुन एक साता बाँकी रहँदा चाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिड लागेको छ । बजारमा चाँदीको कृत्रिम अभाव देखाएर कालोबजारी पनि बढ्न थालेको छ । तिहारमा चाँदीको माग बढी हुने हुँदा आयातकर्ताले कृत्रिम अभाव देखाएर कालोबजारी गरेका हुन् ।
चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध
चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ ।
ठुला आयोजनामा लगानी गर्न आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालका ठुला जलविद्युत् आयोजनामा लगानी ल्याउन कोरियाली पक्षलाई आग्रह गर्नुभएको छ । नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले मन्त्री घिसिङसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ ।
डिजिटल भुक्तानी प्रणाली सुधार्न ‘एनपिएस’ मसौदा
डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र दिगो बनाउन नेपाल राष्ट्र बैङ्कले ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ निर्माणको खाका सार्वजनिक गरेको छ ।
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।
होटल मिस्टेक माउन्टेन अब पोखरामा
हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको होटल मिस्टिक माउन्टेनले आफ्नो सेवा पोखरामा सुरु गरेको छ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।