आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
१४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।
निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।
नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात
नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो ।
च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र
मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।
नेपालगन्जमा व्यावसायिक अम्बा खेती
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बनघुस्राका ३३ वर्षीय युवा सुनिल वर्माले नेपालगन्जमा व्यावसायिक रूपमा अम्बा खेती सुरु गर्नुभएको छ ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
कोदोखेतीले धानेको खोरियागाउँ
मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।
छुर्पीको गुणस्तर मापदण्ड मन्त्रिपरिषदमा पेस गरिने
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।
पहिलो पटक बङ्गलादेश जाँदै नेपालको बिजुली
नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ ।
उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।
वैदेशिक लगानी प्रवर्द्धनमा नेपाली राजदूतले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन नेपाली राजदूतहरुले अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ ।
चार हजार क्विन्टल किसानको धान खाद्यले किन्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ ।
धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी ९ब्रोकर०को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।
लगानी प्रवर्धनबारे छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा लगानी प्रवर्धनमा योगदान गर्ने उद्देश्यले विभिन्न देशका लागि नवनियुक्त राजदूत तथा महावाणिज्यदूतसँग अन्तर्क्रिया गरेको छ ।
सुनको मूल्य घट्दै
बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।
विपद्पछिको पुनर्निर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक
जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरू बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको छ ।
विद्युत् आपूर्ति सुचारु गर्ने निर्णय
मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।
बजेटबाट पन्ध्र अर्ब बेरुजु
गत आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका क्रममा करिब १५ अर्ब रुपियाँ बेरुजु देखिएको छ ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।