सस्तियो खसीबोकाको मूल्य
आर्थिक मन्दिका कारण सर्वसाधारणको आम्दानीमा कटौती भएपछि दसैँको समयमा अत्यधिक खपत हुने खसीबोकाको मूल्य सस्तिएको छ ।
मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात
बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् ।
ट्विनेटर विमान खरिद गर्ने प्रक्रिया रोकिँदैन : मन्त्री किराँती
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ ।
इनरुवामा चार सय केभी सबस्टेसन तयार
देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।
विमानस्थलका पसल कारबाहीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।
अरुण तेस्रो आयोजनाको समस्या मन्त्री परिषदमा लगिने
लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्गका समस्या समाधान गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसको बोर्डको ५६ औँ बैठकले सङ्खुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्ग छ्याङकुटी–दिदिङ (२४ किमी) सडकखण्डको समस्या समाधान गर्न उक्त निर्णय गरेको हो । सो सडकखण्डको मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प छ ।
दसैँमा कपडाको खपत धेरै
दसैँका बेला बजारमा लत्ताकपडा, खसीबोका, सुन, जुत्ताचप्पल, मरमसला र खाद्यान्नको कारोबार बढी हुने गर्छ । नेपालीको महान् पर्व दसैँमा निम्न वर्गदेखि उच्च वर्गका व्यक्तिले नयाँ कपडा लगाउने भएकाले पनि खपत धेरै हुने गर्छ । अन्य समयको तुलनामा लत्ताकपडाको कारोबार दोब्बर तेब्बर बढी हुने गरेको व्यवसायीको भनाइ छ ।
दसैँका लागि खसी-बोका र च्याङ्ग्रा बिक्री सुरु, छैन उत्साह
दसैँका लागि काठमाडौंमा व्यापारीहरुले खसी-बोका, च्याङ्ग्रा र भेडा ल्याएर बिक्री गर्न सुरु गरेका छन् ।