चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि हालसम्म लगभग चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएको तर यसको निरन्तरतामा चुनौती देखिएको बताइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ सम्मेलनमा ‘वैदेशिक रोजगारी र सामाजिक सुरक्षा’ विषयक छलफलमा सो कुरा बताइएको हो ।
दुई किलो चिनी किन्न धादिङका उपभोक्ता काठमाडौँमा
बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् ।
दसैँमा २० लाखले उपत्यका छोड्ने
दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।
निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपिया भुक्तानी हुने भएको छ ।
भारतबाट खसीबोका भित्रिन छोडे
गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैंको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिक रुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसिबोकाको आयात हुने गरेको थियो ।
दसैंमा नेपाल एयरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने
नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न छलफल
दसैँतिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण उच्च व्यवस्थापनसँग छलफल गरेको छ । मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।
तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी
चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो । असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै
नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।