प्रदेशमा लगानीको वातावरण बढाइने
प्रदेशहरूमा लगानीको वातावरण बढाउन सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विश्व बैङ्क, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा आयोजित ‘पिका’ सम्बन्धी कार्यशालामा उक्त घोषणा गरिएको हो ।
नेपालको दूरसञ्चार सेवा शुल्क महँगो छैन : निमित्त प्रबन्ध निर्देशक अर्याल
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले दूरसञ्चार सेवा शूल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताउनुभएको छ ।
सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमै छैन चिनी
सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो ।
टेलिकमले ल्यायो अटम अफर
नेपाल टेलिकमले बिहीबारदेखि लागु हुने गरी अटम अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टेलिकमको नेटवर्कभित्र १३ रुपियाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म असीमित कुराकानी गर्ने सुविधा उपलब्ध हुने छ । सोही प्याकमा १३ रुपियाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानीको सुविधा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । अटम अफर अन्तर्गत नै १८ रुपियाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा पनि उपलब्ध हुने छ । त्यस्तै ९५ रुपियाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।
दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात
दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो ।
चिनी गोदामको सिलबन्दी फुकुवा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको छ । विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरमा रहेको गुह्येश्वरी ट्रेड लिङ्कको गोदामलाई तीन लाख रुपियाँ जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको हो ।
दुई अर्ब बिस करोड मानिसलाई स्वच्छ पानीको अभाव
‘जीवन र खाद्यको आधार हो पानी’ मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइरहेको छ । खाद्य दिवसको उपलक्ष्यमा कृषि विभागले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महìवबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ ।
कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न
रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतबाट धेरै वैदेशिक लगानी
मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशको दुई खर्ब ६४ अर्ब लगानी भित्रिएको छ । जसमा सबैभन्दा धेरै भारतको ८८ अर्ब ५९ करोड रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।