• १२ असार २०८१, बुधबार

निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

blog

काठमाडौं, कात्तिक २ गते । गतवर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ ।

उक्त भुक्तानी दसैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।