• १३ असोज २०८१, आइतबार

'विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम'

blog

काठमाडौं, कात्तिक ५ गते । खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरुको महान् चाड विजयादशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो व्यापारीहरुको छ । उनीहरुले दुर्गम जिल्लाहरुबाट खसीबोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महँगो परेको बताए । 

उनीहरुले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरुबाट नल्याएकाले महंगो पर्न गएको उनीहरुको भनाइ छ । एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको बताउनुभयो ।

त्यस्तै पशुचौपाया खरिद बिक्री सङ्घका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताउनुभयो । उहाँले मानिसहरुसँग पैसा कमी भएकाले दसैंमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताउनु भयो । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताउनुभयो ।

उनीहरुले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं आएको बताए ।