• ११ मंसिर २०८१, मङ्गलबार

सहुलियत पसलको कारोबार वृद्धि

blog

काठमाडौँ, मङ्सिर ७ गते  । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढेको छ । असोज २१ देखि मङ्सिर ३ सम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कर्पोरेसनले गत वर्ष दुई करोड ६५ लाख कारोबार गरेकामा यस वर्ष गत वर्षभन्दा पाँच करोड सात लाख बढी कारोबार गरेको हो ।

कर्पोरेसनका अनुसार यो वर्ष यस अवधिमा सात करोड बराबरको कारोबार भएको छ भने अघिल्ला वर्षहरूमा दसैँतिहार सुपथ मूल्य पसलमा कर्पोरेसनले लगभग पाँच करोड बराबरको कारोबार गर्दै आएको थियो । 

कर्पोरेसनले विभिन्न आठ वटा बिक्री केन्द्र र तीन मोबाइल भ्यानमार्फत चिनी, नुनसहित सात प्रकारका सामान छुटमा बिक्री गरेको जानकारी दिनुभयो । बिक्री प्रबन्धक प्रमुख प्रधानका अनुसार विगतको तुलनामा यो पटक कर्पोरेसनको सबैभन्दा बढी कारोबार चिनीको भएको जानकारी दिनुभयो । कर्पोरेसनले सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी सात रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ र चामल, चिउरा प्रतिकेजी सात रुपियाँ र सूर्यमुखी, सोयबिन, तोरीको तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिएर बिक्री गरेको थियो । 

कर्पोरेसनले यस अवधिमा सञ्चालिन आठ वटा बिक्री केन्द्रबाट पाँच करोड रुपियाँ कारोबार भयो भने घुम्ती तीन वटा मोबाइल भ्यानमार्फत ४१ लाख रुपियाँ बराबरको खाद्यवस्तु बिक्री भएको जनाएको छ ।