एक खर्ब उनन्तिस अर्बको आयात तेह्र अर्बको निर्यात
चालुु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क छ ।
पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो ।
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन
भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने
चिया र अलैंची खेतीका लागि कहलिएको इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि
भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।
विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
विद्युत् उत्पादनमा देश आत्मनिर्भर हुने सपना पूरा हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको बताउनुभएको छ ।
महिनामै तीन हजारले घट्यो सुनको मूल्य
एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ ।