दसैँ नजिकिएसँगै बजारमा बढ्यो चहलपहल (फोटो फिचर)
चाडपर्व नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ । काठमाडौँको न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसहरूको भिड बढेको छ ।
योजनाबद्ध रूपमा बजार अनुगमन गर्न निर्देशन
सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “बजारमा कुन वस्तुको माग कति हो, त्यसको मूल्य र आपूर्ति सहज भए वा नभएको सबै बुझेर बजार अनुगमन गर्न सक्नु पर्छ । अनि मात्रै उपभोक्ताले बजार अनुगमनको महसुस गर्न सक्छन्, त्यस कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासमेत समन्वय गरेर अनुगमन गर्नु पर्छ ।”
‘टेरामोक्सले कल रेकर्ड गर्दैन’
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ‘ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)’ ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा (फोटो फिचर)
सरकारले दसैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबारदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
आजदेखि दसैँलक्षित सहुलियत पसल सञ्चालन
चाडपर्वलक्षित सहुलियत पसल आइतबार (आज) देखि उपत्यकासँगै बाहिरी जिल्लामा सञ्चालन हुँदै छन् । सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।
सिङमा हरियो रङ लगाइएका चौपाया खरिद गर्न आग्रह
काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खसीबोकालगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ ।
एक हप्ताभित्र दुधको भुक्तानी दिन निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिनुभएको छ । डेरी उद्योगीले दुध किसानलाई भुक्तानी गर्न करिब छ अर्ब रुपियाँ बाँकी छ । ती सबै रकम दसैँअघि नै भुक्तानी गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री भुसालले दुध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाउने बताउनुभयो ।
आत्मनिर्भर बन्दै महिला
कुनै बेला गाउँमै कसैले पैसा सापटी माग्यो भने मुन्टो बटारेर भाग्ने गर्थे, आज उहाँ ती दिन सम्झँदा आँखाबाट आँसु झार्नुहुन्छ । दुःखमा साथ दिन कोही तयार नभए पनि उहाँ आज सबैको प्रेरणा बनेर समाजको उदाहरणीय बन्न सफल हुनुभएको छ । उहाँको सफलतामा साथ दिएको छ, कृषि विकास बैङ्क र आफ्नै गाउँको महिला लघुउद्यमी संस्थाले ।
नार्क र एएफयुबिच सहकार्य
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र कृषि तथा वन विश्वविद्यालय (एएफयु) का पदाधिकारीबिच कृषि अनुसन्धान र शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको छ । अध्ययन तथा शिक्षाको क्षेत्रमा एकअर्कालाई कसरी सहयोग गर्ने, त्यसको मापदण्ड, प्रक्रियालगायतको विषयमा विस्तृत छलफल गर्न दुवै पक्षबाट तीन–तीन जना रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने सहमति भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।